दोषी छुट्दैन निर्दाेष फस्दैन: गृहमन्त्री श्रेष्ठ (भिडियोसहित)

पाेखरा | भदौ २, २०८०

दोषी छुट्दैन निर्दाेष फस्दैन: गृहमन्त्री श्रेष्ठ (भिडियोसहित)

पोखरा:   उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकरणमा संलग्न दोषी नेतालाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

 

पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

उनले कुनै पार्टी विशेषको नेता जुन सुकै प्रकरणमा दोषी पुष्टि भए कारवाही हुने स्पष्ट पारे । 

 


 

गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धान महाशाखाले अहिले नक्कली भुटानी शरणार्थी,  ललिता निवास जग्गा र तस्करी सुन प्रकरणको अनुसान्धान गरिरहेको बताउदै राजनीतिक हस्तक्षेत्र नहुने उल्लेख गरे । 

 

‘अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा माओवादी परेपनि छुट्दैन, कोही कांग्रेस एमाले वा अन्य कुनै पार्टीको मतलब छैन । कुनै घराना, नाता र सम्बन्धको मतलब छैन, गृहमन्त्री श्रेष्ठले भने, ‘हामीलाई के मात्रै मतलब छ भने अनुसन्धान र तथ्य प्रमाणहरुको आधारमा दोषी देखिने नछुटोस् र निर्दाेष नफसोस् । यसरी सिआइबीले काम गरिरहेको छ ।’ 

 

उनले सबै प्रकरणमा दोषीसमक्ष छिटै अनुसन्धानको टोली पुगेर कानुनी कारवाहीको दायरामा ल्याउने उनले स्पष्ट पारे । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्